काठमाडौं । सनराइज बैंकले एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थापक शेयरधनी सनराइज बैंकले एनएलजी इन्स्योरेन्स कम्पनीको नाममा रहेको ५७९ दशमलव ७० कित्ता शेयर र नेप्सेमा सूचीकृत हुन बाँकी आर्थिक वर्ष २०७६/ ७७ को ५२ दशमलव ७० कित्ता बोनश शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।
शेयरको न्यूनत मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ ५५ पैसा तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिनुपर्नेछ । कम्पनीले इच्छुक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आरबिबि मर्चेण्टमा निवेदन कम्पनीले आग्रह गरेको छ ।
उक्त समयअवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।