IME Life
Beema Board

सिनर्जी पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज भदौ ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले १५औ बार्षिक साधारणसभा भदौ १८ गते शुक्रबार गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीले भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।

Prabhu
Crest

सभामा लाभांश पारित तथा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश सभामा पेश गराई पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाब, वासलात नगद प्रवाह लगायतका वित्तीय एण्डाहरु छलफल गरी पारित हुनेछ ।

त्यसैगरी कम्पनीले बोनश वितरण गरे पश्चात कायम हुने पूँजीकोे २ः१ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS