काठमाडौं । राधी विद्युत् कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । राधी विद्युत् कम्पनीको ३६ दशमलव ५ प्रतिशत बोनश शेयर वापतको १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनश शेयर वापतको ५ लाख ७० हजार ९०० कित्ता शेयर सूचिकृत भएको हो ।
अव भोलिदेखि यी कम्पनीको शेयर दोस्रो बजारमा कारोबारयोग्य हुनेछ । तर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा बोनश शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।