Connect IPS
IME Life

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ११ अर्ब ८२ करोड खुद बीमा शुल्क, कुनको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । १८ वटा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा ११ अर्ब ८२ करोड ३५ लाख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १० अर्ब ४ करोड ५१ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १८ प्रतिशतले बढी हो । नेशनल इन्स्योरेन्स र ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भने वित्तीय विवरण प्रकाशन गरेका छैनन् ।

यस समिक्षा अवधिमा सर्वाधिक खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २७ करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएकोमा गत आर्थिक वर्ष अर्थात समिक्षा अवधिमा १ अर्ब ६३ २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २९ प्रतिशतले बढी हो ।

Prabhu
Crest

त्यस्तै दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको समिक्षा अवधिमा १ अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ७१ लाख रुपैयाँ मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क १४ प्रतिशतले बृद्धि गरी समिक्षा अवधिमा ९२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा ८९ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढी हो । प्रिमियर इन्स्योरेन्स कम्पनीले ७६ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो । नेपाल इन्स्योरेन्सले ७१ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बढी हो ।

त्यसैगरी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन २ प्रतिशतले बृद्धि गरी ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ५८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढी हो । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बमिा शुल्क आर्जन ४२ प्रतिशतले बृद्धि गरी ५८ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।
५० करोडभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
प्रभु इन्स्योरेन्स कम्पनीले ४९ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशतले बढी हो । एभरेष्ट इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले खुद बीमा शुल्क बृद्धि गरी यस अवधिमा ४३ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनीले ४३ करोड ५९ लाख रुपैयाँ खुद बीमा शल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो । अजोड इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा शुल्क २६ प्रतिशतले बृद्धि गरी ३८ करोड २८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा २२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ प्रतिशतले मात्र बढी हो । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले बृद्धि गरी यस अवधिमा १६ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ ।

दुई कम्पनीको खुद बीमा शुल्क आर्जन घट्यो
यस समिक्षा अवधिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ । यस अवधिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ प्रतिशतले घटेर २५ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीले यस अवधिमा २० करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ प्रतिशतले कमी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS