Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीको मुनाफा ४३.५७ प्रतिशतले गिरावट, बैंक व्याजदर घट्दाको असर नाफामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको आम्दानीमा गिरावट सँगै मुनाफा ४३.५७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको समग्र आम्दानी नै ३५.६५ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाले व्याजदर घटाउदा त्यसकै सबैभन्दा ठुलो असर राष्ट्रिय बीमा कम्पनीमा देखिएको हो ।

कम्पनीले गत आर्थिक वर्षमा ३६ करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफामा गिरावट देखिए पनि खुद बीमा शुल्क आर्जन भने १.०७ प्रतिशतले सुधार भएको छ । यस अवधिमा कम्पनीले २२ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै दाबी भुक्तानी पनि २९ प्रतिशतले घटेको छ । कम्पनीले ४ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । जगेडा कोष थप ६.०६ प्रतिशतले बढेर तीन अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै बीमा कोषमा पनि ८ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ छ । दिर्घकालिन लगानी तथा कर्जा एक अर्ब ४२ करोड रुपैयाँ छ । अल्पकालिन लगानी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी १३५ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२८० रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS