काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा सभा भर्चुअ माध्यमबाट सम्पन्न भएको हो ।
सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा लेखा परिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/ ७७ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित, २०७६/७७७को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा शेयरधनी महानुभावहरुले कम्पनीलाई आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न व्यवस्थापनलाई सुझाव प्रदान गरे ।