IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड, नाफा ४.७१ प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा थप २४.२३ प्रतिशतले बृद्धि भएको छ । संस्थानको जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै जगेडा कोष पनि १९.६९ प्रतिशतले बृद्धि भएको छ । जगेडा कोषमा ३४ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी भने १८ करोड १० लाख रुपैयाँ मात्रै छ । संस्थानले बीमा समितलाई अटेर गर्दै नियामकीय पूँजी जुटाएको छैन ।

संस्थाले गत वर्ष खुद बीमा शुल्क आर्जन ७.३२ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा खुद बीमा शुल्क आर्जन ७ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यहि अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

संस्थानको दिर्घकालिन लगानी तथा कर्जा मात्रै २१ प्रतिशतले बृद्धि भएको छ । यस्तो लगानी १० अर्ब ९३ करोड रुपैयाँ छ । बीमितले आफ्नो बीमालेख धितोमा राखेर प्राप्त गर्ने कर्जा भने ६६ प्रतिशतले बृद्धि भएको छ । बीमितले यस्तो कर्जा एक अर्ब ४३ करोड रुपैयाँ लिएका छन् ।

विभिन्न क्षेत्रमा गरिएको लगानीबापत २ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको छ । आम्दानी बढे पनि खुद मुनाफा भने ४.७१ प्रतिशतले घटेको छ । यस अवधिमा संस्थाले ५ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यस वर्ष दाबी भुक्तानी पनि १३.६७ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले तीन अर्ब १९ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अभिकर्ताले प्राप्त गर्ने कमिसन पनि यस वर्ष ४२ प्रतिशतले बृद्धि भएको छ । अभिकर्ताले २६ करोड ८८ लाख रुपैयाँ कमिसन बुझेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS