IME Life
Beema Board

मेट लाइफको दाबी भुक्तानी बढ्दा नाफा १७ प्रतिशतले घट्यो, बीमा शुल्क आर्जन ५ अर्ब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ’को मुनाफा १७.८५ प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३२ करोड ७९ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद दाबी भुक्तानी ३८.७६ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले तीन अर्ब ५१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले दुई अर्ब ५३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Prabhu
Crest

यसै क्रममा दिर्घकालिन लगानी तथा कर्जा समेत केहि अंकले घटेको छ । यस्तो लगानी १९ अर्ब ३० करोड रुपैयाँ रहेको छ । त्यस्तै बीमितले बीमालेख धितोमा राखेर प्राप्त गर्ने कर्जा पनि घटेको छ । बीमितले आफ्नो बीमालेख धितोमा राखेर ९८ करोड ८३ लाख रुपैयाँ कर्जा लिएका छन् ।

विभिन्न क्षेत्रमा गरिएको लगानी कर्जा तथा अन्य आय भने २१ प्रतिशतले बढेको छ । यस्तो आर्जन ५ अर्ब तीन करोड रुपैयाँ रहेको छ । खुद बीमा शुल्क आर्जन र कुल बीमा भने क्रमश २०.३३ प्रतिशत र २१.२९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

अभिकर्ताले प्राप्त गर्ने कमिसन पनि १९.६२ प्रतिशतले बृद्धि भएको छ । अभिकर्ताले गत वर्ष ४८ करोड ३६ लाख रुपैयाँ कमिसन बुझेका छन् । त्यस्तै कुल कायम बीमालेख संख्या पनि ७.३३ प्रतिशतले बढेको छ । कम्पनीमा हाल कायम बीमालेख संख्या ११ लाख ८२ हजार वटा रहेको छ । जगेडा कोषमा भने २ अर्ब ६७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । त्यस्तै जीवन बीमा कोषमा १९ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS