IME Life
Beema Board

गुराँस लाइफको बीमा शुल्क आर्जन ६५ प्रतिशतले सुधार, जीवन बीमा कोषमा १० अर्ब ५९ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुरास लाइफको खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन ६५.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले तीन अर्ब ६८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन तीन अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको खुद नाफा २७.७७ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा १२ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको हो । पुराना जीवन बीमा कम्पनीहरु मध्ये सबै कमजोर अवस्थामा रहेको गुराँस लाइफले यस वर्ष अधिकाम्स सूचकमा सुधार गरेको छ ।

Prabhu
Crest

जीवन बीमा कोष ३८ प्रतिशतले बढाएर १० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पूँजी एक अर्ब ९७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५३ करोड ८४ लाख रुपैयाँ जम्मा भएको छ । दिर्घकालिन कर्जा पनि ६५ प्रतिशतले सुधार भइ २ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ ।

बीमितले आफ्नो बीमालेख धितोमा राखेर एक अर्ब रुपैयाँ कर्जा लिएका छन् । यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ९३.७९ प्रतिशतले बढेको हो । विभिन्न क्षेत्रमा गरिएको लगानीबाट कम्पनीले ८५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

खुद दाबी भुक्तानी २९ प्रतिशतले बढेर ६६ करोड २७ लाख रुपैयाँ पुगेको छ । अभिकर्ताले जीवन बीमा पोलिसी ल्याए बापत प्राप्त गर्ने अभिकर्ता कमिसन १०८ प्रतिशतले बृद्धि भएको छ । अभिकर्ताले गत वर्ष ५३ करोड ४२ लाख रुपैयाँ कमिसन बुझेका छन् । यस वर्ष बीमालेख संख्या भने ६ प्रतिशतले घटेको छ । हाल कायम बीमालेखको संख्या एक लाख ५४ हजार वटा रहेको छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ भए पनि प्रतिशेयर नेटवर्थ भने १३० रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS