Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्सको नाफा ३७ करोड ३७ लाख, प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सुचक बढेका छन् ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा ८५ करोड २५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६७ करोड २४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष २६ दशमलव ७७ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

१ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४० करोड ९१ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३२ करोड ४७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६९ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा ७६ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ दशमलव ६० प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद नाफा ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ३८ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ५ दशमलव ६० प्रतिशतले बढेको हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ५९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२१ रुपैयाँ ५२ पैसा रहेको छ । पी ई अनुाित ३३.६४ गुणा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS