IME Life
Beema Board

एशियन लाइफको अधिकांश सुचकमा उत्साहजनक प्रगति, जीवन बीमा कोषमा २६ अर्ब ४८ करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बीमा व्यवसाय,मुनाफा लगायतका सुचकहरुमा प्रगति देखिएको छ ।

२ अर्ब १ करोड रुपैयाँ चुक्तान पूँजी भएको कम्पनीको जगेडा कोषमा ८९ करोड ९२ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ संचिती रहेको थियो ।

Prabhu
Crest

गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष जम्मा २१ अर्ब ६१ करोड रुपैयाँको रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनी जीवन बीमा कोष २३ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ८० करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

यसै अवधिसम्म कम्पनीले ९९ करोड ३२ लाख रुपैयाँ खूद दावी भुक्तानी गरेको छ अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले यस्तो भुक्तानी ५२ करोड ५ लाख रुपैयाँ मात्र गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ९१ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ८२ करोड ५३ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमपनीले ६२ करोड ६८ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको व्यवस्थापन खर्च ३१ प्रतिशतले बृद्धि भएको छ

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ४९ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS