काठमाडौं । बीमा समितले नेपालमा बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गर्ने भएको छ । उक्त अध्ययनका लागि समितिले कन्सल्ट्यान्टको प्रस्ताव आह्वान गरेको छ ।
बीमा क्षेत्रको अध्ययन अनुसन्धानमा क्रियाशील संस्था/प्रतिष्ठानहरुले २१ दिन भित्र छुट्टा छुट्टै प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्न पाउने समितिले जनाएको छ । उक्त प्राविधिक प्रस्तावहरु सम्बन्धित संस्थाको प्रतिनिधिको उपस्थितिमा समितिको कार्यालयमा खोलिने छ ।
प्राविधिक प्रस्ताव पेस गर्नेहरु मध्ये बढीमा तीन उत्कृष्ट प्रस्तावहरु छनोट गरी ति प्रस्तावकका मात्र आर्थिक प्रस्ताव खोलिनेछ । प्राविधिक संस्थाहरुले भदौ १६ गते मध्यान्ह १२ बजेसम्ममा आवेदन दिन सक्नेछन् । उनिहरु प्रस्ताव सोहि दिन अपरान्ह २ बजे खोलिने समितिले जनाएको छ ।