Connect IPS
IME Life

हिमालयन जनरल इन्स्योरेन्सको अधिकांश सूचकमा गिरावट, यस्तो छ चौथो त्रैमासिक विवरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आर्थिाक वर्ष २०७७ /८८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको अधिकांश सुच्कमा गिरावट आएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा घटेको छ । यस अवधिमा कम्पनीले १५ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १० दशमलव ३५ प्रतिशतले कमी हो ।

Prabhu
Crest

१ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ६७ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २० करोड १० लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको बीमा कोषमा ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ५६ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड १२ लाख रुपैयाँ खुद बीमा खुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दमलव ९६ प्रतिशतले कमी हो ।

समिक्षा अवधिमा कम्पनीले १२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी कमी भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शूल्क आर्जन पनि घटेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ १४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १सय ८५ रुपैयाँ २२ पैसा रहेको छ । पिइ अनुपात ५४.३२ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS