Connect IPS
IME Life

अजोड इन्स्योरेन्सको नाफा ४९ प्रतिशतले बढ्यो, बीमा कोषमा ११ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आर्थिाक वर्ष २०७७ /८८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सुचक बढेका छन् ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४ करोड ८० लाख रुपैयाँ रहेको थियो । कम्पनीको बीमा कोषमा ११ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको महा विपत्ती जगेडामा १ करोड रुपैयाँ रहेको छ अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको महा विपत्ती जगेडा कोषमा ५३ लाख रुपैयाँ मात्र रहेको थियो ।

कम्पनीले यस अवधिमा ९ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३६ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । अघिललओ आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४९ दशमलव ७४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड २९ लाख रुपैयाँ खुद बीमा खुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २६ दमलव ३८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १७ करोड ६० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १०३ दशमलव ४७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ५२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ १० पैसा रहेको छ । पिइ अनुपात ८५.४० गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS