IME Life
Beema Board

रैराङ हाइड्रोपावरको नाफा ३७५ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमांडौ । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७५ दशमलव ७६ प्रतिशतल बृद्धि भएको छ । यस अवधिमा कम्पनीले ५ करोड ९० लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड २४ लाख ५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीकोचुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ५३ लाख ८१ हजार रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३८.९८ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीले विद्युत विक्रीबाट २४ करोड २३ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १७ करोड ४३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५४ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४६ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४०.७८ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS