IME Life
Beema Board

कृषि विकास बैंकको मुनाफा १०.८९ प्रतिशतले बढ्यो, खराव कर्जा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा १०.८९ प्रतिशतले मुनाफा बढाएको छ । बैंकले गत वर्ष तीन अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ३३ करोड रुपैयाँ थियो । तर वितरण योग्य मुनाफा भने जम्मा एक अर्ब ७३ करोड रुपैयाँ मात्रै छ ।

Prabhu
Crest

बैंकको खुद व्याज आम्दानी भने ६.७३ प्रतिशतले घटेको छ । यहि अवधिमा बैंकले ६ अर्ब २६ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । खराव कर्जामा सुधार हुँदा मुनाफामा उल्लेख्य सुधार भएको हो ।

त्यस्तै निक्षेप संकलन १३.२६ प्रतिशतले बढेको छ भने कर्जा लगानी २५.४५ प्रतिशतले सुधार गर्न सफल भएको छ । बैंकले एक खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने शेयरधनी जगेडा कोषमा भने ११ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । कस्ट अफ फण्ड एक दशमलब ७० प्रतिशतले विन्दुले घटेर ४.७ प्रतिशतमा झार्न सफल भएको छ । त्यस्तै आधार व्याज पनि २.१३ प्रतिशत विन्दुले घटेर ७.१३ प्रतिशतमा झरेको छ । सरकारी लगानीको कृषि विकास बैंकको आधार व्याजदर तुलनात्मक रुपमा बढि थियो । तर गत वर्षदेखि बैंकले आधार व्याजदर घटाउन सफल देखियो । प्रतिशेयर आम्दानी भने एक रुपैयाँले घटेर ३० रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS