काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३,१०९ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज फाइनान्स कम्पनी र हाइड्रोपावर कम्पनीको उपसूचक बढेको छ । आज ७९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
त्यस्तै, आज आइसीएफसी फाइनान्स कम्पनी, कपोैरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, यूनियन हाइड्रोपावर, जीवन बिकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ङादी ग्रुप, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी,हिमालयन उर्जा विकास र यूनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
एसबिएल डिबेञ्चरका इकार्ईले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन । कम्पनीका इकाईधनीले ३ दशमलव ९६ प्रतिशतका दरले गुमाएका छन् ।