IME Life
Beema Board

शेयर बजारमा उछाल आइरहेको मञ्जुश्री फाइनान्सको नाफा ११५ % ले बढ्यो, इपिएस ५८ रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा केहि समयदेखि उछाल आइरहेको मञ्जुश्री फाइनान्सको मुनाफा ११५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा फाइनान्सले ५८ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको मुनाफा २६ करोड ३२ लाख रुपैयाँ थियो ।

संस्थाले केहि समय अगाडि शेयर बिक्री गरेर राम्रो आम्दानी गरेको छ । दोस्रो बजारबाट राम्रो पैसा कमाउदा संस्थाको मुनाफामा उल्लेख्य सुधार भएको छ । यस बाहेक संस्थाको कोर विजनेस हेर्ने हो भने घटेको छ । खुद व्याज आम्दानी २८ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

यसै अवधिमा बैंकले निक्षेप संकलन ५२ प्रतिशतले बढाउदा कर्जा लगानी भने जम्मा ५ प्रतिशतले मात्रै सुधार गर्न सकेको छ । पछिल्लो समय राष्ट्रिय स्तरका बाणिज्य बैंकको व्याजदरमा भारि गिरावट आउदा फाइनान्सको कर्जा विस्तार घटेको छ । संस्थाले ८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरि ६ अर्ब ६ अर्ब २० करोड रुपैयाँ लगानी गरेको छ ।

सस्थाको चुक्ता पूँजी ९६ करोड ९३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७६ करोड ७८ लाख रुपैयाँ जम्मा भएको छ । संस्थाले ५० प्रतिशत भन्दा माथिको बोनस शेयर दिन सक्ने भन्दै दोस्रो बजारमा संस्थाको शेयर मूल्य बढिरहेको छ । संस्थाको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ छ ।

यहि अवधिमा केहि खराव कर्जा उठाउन सफल भएको छ । यसले पनि संस्थाको मुनाफामा केहि योगदान पुर्याएको देखिन्छ । खराव कर्जा २.३४ प्रतिशतमा झारेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS