IME Life
Beema Board

इन्फिनिटी लघुवित्तको खुद नाफा २६५ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमांडौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ६० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ करोड ७४ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी एक अर्ब २६ करोड ६ लाख ५० हजार रूपैयाँ छ । संस्थाको जगेडा कोषमा १६ करोड ५८ लाख ७९ हजार रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा संस्थाले एक अर्ब २७ करोड ५० लाख २ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी अघिल्लो आर्थिक र्षको यसै अवधिको तुलनामा ५६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १५ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म संस्थाको सञ्चालन नाफा पनि बढेर १८ करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ७ करोड ५२ लाख ६७ हजार रूपैयाँ रहेको थियो ।

संस्थाको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ६४ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ३७ पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS