Connect IPS
IME Life

नेविको विष्कुट कारखानामा भएको आगलागीको क्षति सानिमा जनरल इन्स्योरेन्सले बेहोर्ने, २६ करोडको बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेविको विष्कुट कारखानामा भएको आगलागीको क्षति सानिमा जनरल इन्स्योरेन्स कम्पनीले बेहोर्नु पर्ने भएको छ । कम्पनीले नेविको विष्कुट कारखानाको बीमा गरेको थियो । सानिमा जनरलले २६ करोड रुपैयाँ बीमाङ्क बराबरको बीमा गरेको कम्पनीका नायव महाप्रवन्धक प्रविण कुमार कोइरालाले जानकारी दिए ।

Prabhu
Crest

कम्पनीले क्षति विवरण मूल्याङ्कनका लागि आफ्नो सर्भेयर खटाइसकेको छ । सर्भेयरले क्षति मूल्याङ्कन गरे पछि मात्रै यथार्थ विवरण थाहा हुने कोइरालाले जानकारी दिए । शनिवार बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविकोको बिस्कुट कारखानामा आगलागी भएको थियो । आगलागीका कारण करोडौं रुपैयाँको क्षमित भएको छ ।

शनिवार विहान २ बजेदेखी सुरु भएको आगालागी नियन्त्रणमा आउन समेत समय लागेको थियो । आगलागी नियन्त्रणका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो ।

सानिमा जनरलले एक्लै बीमा गरेको हुँनाले यसको सम्पुर्ण दायित्व सानिमाकै हात परेको छ । कम्पनीले पनि विदेशी पुनर्बीमा कम्पनीमा पुर्बीमा गर्ने भएकाले सम्पुर्ण दायित्व आफैले बहन गर्नु पर्दैन । केहि जोखिम आफैले बहन गरेर बाँकी रहेको रकम विदेशी बीमा कम्पनीबाट लिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS