IME Life
Beema Board

भदौ ४ गतेदेखि दुई लघुवित्तले एकिकृत कारोबार शुरु गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार भदौ ४ गतेदेखि शुरु हुने भएको छ । यी दुवै कम्पनीले असार २१ गते सम्पन्न अलग अलग साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकले साउन १५ गते दुई लघुवित्तलाई प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनीले एकिकृत कारोबार थाल्ने भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

Prabhu
Crest

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो ।

एकीकृत कारोबारको लागि दुवै संस्थाको तथ्यांककलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनका लागि भदौ ३ गते नेपाल एग्रो लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने जनाएको छ ।

यी दुवै दुई कम्पनी एक भएपछि चुक्ता पूँजी ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS