काठमाडौं । नेपाल राष्ट्र बैंकले करारमा पदपुर्तिका लागि कर्मचारको माग गरेको छ । बैंकले सुरक्षा सहायकका लागि १ जना, रक्षकका लाग ५ जना, सिपाहीका लागि २२ जना, सिपाही महिला ५ जना, कार्यालय सहयोगीका लागि ८ जना गरी कुल ६३ जना कर्मचारीको माग गरेको छ ।
बैंकले ईच्छुक तथा योग्य नेपाली नागरिकलाई साउन १० गतेदेख असाउन २४ गतेभित्र अनलाइन दरखास्त फारम पेश गर्न आब्हान गरेको छ । बैंकले तोकेको अनलाइन फारममा भर्नुपर्ने सम्पुर्ण विवरण भर सोको साथ आफुले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, अन्य सबै प्रमाणपत्र तथा उमेर खुल्ने प्रमाणपत्र र पासपोर्ट साइजको साथमा दरखास्त दिन बैंकले आग्रह गरेको छ ।
म्यादभित्र दाखिला नभएको वा रीति नपुगी आएको दरखास्त उपर कुनै कारवाह नहुने बैंकले जनाएको छ ।