IME Life
Beema Board

प्रभु बैंकले ल्यायो मेशिनबाट निक्षेप जम्मा गर्न सकिने सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले मेशिनबाट नै बैंक खातामा पैसा जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै बैंकले क्यास रिसाइकल मेशिन (सीआरएम) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।

मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं टाइप गर्ना साथ उक्त मेशिनमा रकम जम्मा गर्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै रकम जम्मा हुन्छ । तत्कालै भौचर प्रिन्ट हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

साथै, उक्त मेशिनबाट डेबिट क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । यो सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ ।

नेप्ससँग सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईने बैंकले जनाएको छ । मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ ।

यस सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS