काठमाडौं । नेप्सेमा पाँच कम्पनीको शेयर सुचिकृत भएको छ । नेप्सेमा नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयर सुचिकृत भएको हो ।
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनश बापतको ३ लाख ६८ हजार कित्ता शेयर सूचिकृत भएको हो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनश बापतको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको हो ।
त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनश बापतको एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता शेयर सूचिकृत भएको हो । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनश बापतको ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता शेयर सूचिकृत भएको हो ।
त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनश बापतको ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता शेयर सूचिकृत भएको हो ।