काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्रीमा ल्याएको थियो ।
उक्त शेयरको प्रतिशेयर न्यूनतम मूल्य पाँच सय रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जनाएको छ ।
कम्पनीले ईच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज साउन २२ गतेसम्म शेयर खरिद गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ सय कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ ।