काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ८६० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार १२ जना निको भएर घर फर्किएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७ संक्रमितको मृत्यु भएको छ ।