काठमाडौँ । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि ठुलो सख्यामा कर्मचारीको माग गरेको छ । बैंकले अफिसरमा ब्रान्च म्यानेजर, असिस्टेन्ट रिलेशसिप म्यानेजर र अपरेशन इन्चार्चका लागि केही, जुनियर अफिसरमाब्रान्च म्यानेजर असिस्टेन्ट रिलेशसिप म्यानेजर र अपरेशन इन्चार्चका लागि केही, सुपरभाइजरमारिलेशनसिज अफिसर र अपरेशन इन्चार्चका लागि केही, असिस्टेन्टका लागि केही, म्यानेजमेन्ट ट्रेनिका लागि केही र ट्रेलर वा सीएसडी स्टाफ पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो भइरहेको तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ३ गते बैंकिङ समय भित्र सम्पूर्ण कागजात सहित अनलाईन आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।