IME Life

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको छ । कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

कम्पनीले ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर कार्यालय समयपश्चात लिलामीमा विक्री गर्न लागेको हो । उक्त शेयरको न्युनतम मुल्य प्रतिकित्ता तीन सय रुपैयाँ मूल्य तोकिएको छ । शेयर खरीदका लागि साउन २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

Prabhu
Crest

तोकिएको मूल्यभन्दा बढी मुलय अंकित गरी पेश बोलपत्र पशे गर्नुपर्नेछ । उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य तोकिएको बोलपत्र मात्र बाँडफाँडमा सहभागी गराइने कम्पनीले जनाएको छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS