IME Life

सानिमा लाइफद्वारा २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतक सापकोटाको परिवारलाई बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले भरतपुर ४, चितवन निवासी लक्ष्मी सापकोटालाई २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

मिति २०७७ साल चैत २२ गते यस कम्पनीमा प्रथम बीमाशुल्क बापत १ लाख ५७ हजार ४४८ रुपैयाँ बुझाइ १४ वर्ष अवधिका लागि बीमाङ्क २० लाखको बीमा लिएका बीमित टिकाराम सापकोटाको जेठ २२ गते असामयिक निधन भएको थियो । सोही अनुरुप कम्पनीले मृतककी श्रीमतिलाई दाबी रकम दिएको हो ।

Prabhu
Crest

कम्पनीका लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक जयदेव गौतम, बर्दघाट शाखाका शाखा प्रबन्धक ढाकाराम तिम्सिना निज सापकोटा निवासमा पुगेर एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा भरतपुर – ०४ का वडाध्यक्ष जगन्नाथ कँडेलले जीवन बीमा सम्बन्धी चेतना बढाउनु पर्ने आजको आवश्यकता भएको भन्दै मृतकको परिवारमा ‘चह्राएको घाउमा मलम’ लगाएकोमा सानिमा लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिदैं बीमा कम्पनीप्रति जनविश्वास बढेको बताए ।

उक्त कार्यक्रममा कम्पनीका एजेन्सी मेनेजरहरु केशरप्रशाद पोख्रेल, बिष्णु भण्डारी र एकराज रिजालको उपस्थिति थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS