IME Life

महुली लघुवित्तको नाफा ३५५% ले बढ्यो, अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA

काठमाडौैं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथा त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्म ९ करोड ८० लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्र्ष ३५५ प्रतिशत नाफा बढी आर्जन गर्न सफल भएको छ । अघिल्लो आथिृक वर्ष संस्थाले २ करोड १५ लाख ४१ हजार नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन मुनाफा पनि २९२ दशमलव ९४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष ३ करोड ४८ लाख ७१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको संस्थाले गत आर्थिक वर्ष १३ करोड ७० लाख २३ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भउको छ ।

Prabhu
Crest

संस्थाको चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोष साढे ६१ प्रतिशतले बृछि भई २४ करोड ८० लाख २७ हजार रुपैयाँ संचिती रहेको छ ।

गत आर्थिक वर्ष १ अर्ब ५५ करोड ६७ लाख ४४ हजार कर्जा सापटी लिएको छ । समिक्षा अवधिमा संस्थाले ३२ अर्ब २ करोड ८५ लाख ८९ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको निक्षेप संकलन साढे १८ प्रतिशतले बढी हो ।

त्यस्तै, समिक्षा अवधिमा संस्थाले ३ अर्ब २२ करोड ८५ लाख ८९ हजार कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको कर्जा लगानी ३८ प्रतिशतले बृद्धि हुन सफल भएको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ७५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS