IME Life
Beema Board

नियामकलाई सुरुमै प्रभावित पार्ने सर्वोत्तम सिमेन्टलाई आइपिओ निष्काशन गर्न किन दिने ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सर्वसाधारणलाई महंगोमा शेयर बिक्री गर्ने उद्देश्यले नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुलाई अग्रिम रुपमा सर्वोत्तम सिमेन्टले ‘गोल्डेन शेयर’ बिक्री गरेको विषय सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले आफ्नै छोरी रेविका ढुङ्गानाको नाममा ११ हजार ९१२ कित्ता खरिद गरेको भेटिएको छ । ढुङ्गाना आफैले छोरीको नाममा शेयर खरिद भएको कुरालाई स्वीकार गरिसकेका छन् ।

विदेशमा रहेकी छोरीको नाममा शेयर खरिद गर्न उनले १० लाख रुपैयाँ दिएको कुरालाई विभिन्न सञ्चार माध्यम मार्फत स्वीकार गरेका छन् । त्यस्तै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पनि आफ्नै श्रीमितीको नाममा ११ हजार ९१२ कित्ता शेयर खरिद गरेका छन् । उनिहरुले प्रति कित्ता २५० रुपैयाँमा शेयर प्राप्त गरेका छन् ।

Prabhu
Crest

त्यस्तै प्राथमिक शेयर निष्काशनका लागि बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका सञ्चालक तथा प्रमुख लगानीकर्ताको समुह तथा व्यक्तिहरुले १० प्रतिशत शेयर खरिद गरेको पाइएको छ । बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्दा नियामक निकाय र बिक्री प्रवन्धकको प्रमुख भुमिका रहेको हुन्छ । यो समुहको धेरै वटा संस्थागत लगानीकर्ताको लाइसेन्स छ । यसरी सुरुमा आफैले शेयर किन्ने र बुक विल्डिङ विधि मार्फत पूर्वग्रही हिसावले अधिकतम मूल्यमा बोलकबोल हुन सक्ने सम्भावना उत्तीकै रहन्छ । यस्तो अवस्थामा सर्वसाधारणहरुले धेरै मूल्यमा शेयर किन्न विवस हुन्छन् । अहिलेको बढ्दो बजारमा कम्पनीको मूल्य बढाउन खासै समस्या हुँदैन तर लाभांस खाने हिसावले प्राथमिक शेयर खरिदकर्ताहरु भने अन्तत डुब्न पुग्छन् ।

यस भन्दा अगाडि एफपिओ निष्काशन गरेका कतिपय कम्पनीहरुको बजार मूल्य एफपिओ भन्दा धेरै तल झर्न पुगेका धेरै उदाहरण छन् । यदि नियोजित रुपमा यस कम्पनीले पनि अधिकतम मूल्यमा प्राथमिक शेयर जारी गर्यो भने सर्वसाधारण लगानीकर्ताहरु फस्ने सम्भावना धेरै रहन्छ ।

बुक विल्डिङ विधिबाट अधिकतम मूल्यमा शेयर बिक्री गराउने पूर्ववत सेटिङ गर्ने सर्वोत्तमलाई किन प्राथमिक शेयर निष्काशन गर्न दिने ?

कुनै पनि कम्पनीले आफ्नो नेटवर्थ तथा बजार मूल्य अनुसार शेयर बिक्री गर्न खोज्नु जायज हो तर सबैलाई प्रभावित पारेर अधिकतम मूल्य लिनु आर्थिक अपराध हो । बैंक वित्तीय संस्था बीमा कम्पनी, जलविद्युत कम्पनीहरुले आधारभूत मूल्यमै शेयर बिक्री गरिरहेका छन् ।

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा बैंक वित्तीय संस्था बीमा कम्पनी र हाइड्रोपावर मात्रै हाबी भयो भन्दै वास्तविक क्षेत्रका कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । सोहि अनुसार बोर्डले गत वर्ष बुक विल्डिङ विधिबाट पनि प्राथमिक शेयर निष्काशन गर्ने कार्यविधि ल्यायो । नियम ल्याउनु आफैमा राम्रो काम हो तर कुनै व्यवसायिक घरानाको प्रभावमा नियम ल्याएर लाभ लिन खोज्नु गैरकानुनी कदम हो । अध्यक्ष ढुङ्गानाको कार्यशैलि पनि त्यस्तै देखियो । सुरुमा शेयर खरिद गर्ने त्यस पछि बुक विल्डिङ विधिको कार्यविधि ल्याउने र प्रकृयाँ अगाडि बढाउने !

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्न खोज्दा व्यवसायिक क्षेत्र र लगानीकर्ता केहि हदसम्म हौसिएका पनि थिए । नेपालमा नयाँ अभ्यासको सुरुवात हुन लाग्यो भन्दै बोर्डको प्रसंसा पनि भयो । तर अमुक कम्पनीलाई फाइदा पुग्ने गरि कानुन बनाउनु र उक्त कानुनबाट शिर्जना हुने लाभमा आफु पनि समाहित हुन खोज्नु आर्थिक अपराध हो ।

सर्वोत्तम सिमेन्टले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने प्रकृयाँ अगाडी बढाएको छ । उक्त ६० लाख कित्ता मध्ये संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्ला वासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी र सर्वसाधारणहरुलाई २८ लाख कित्ता शेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले आन्तरिक मूल्यङ्कन तथा विभिन्न आधारहरुलाई अध्ययन गरेर प्रतिकित्ता ७५० रुपैयाँमा बिक्री हुने अनुमान गरेको छ । तर अन्तिम मूल्य संस्थागत योग्य लगानीकर्ताहरुद्धारा बोलकबोल विधिबाट निर्धारण हुनेछ ।

तीन वर्ष अगाडि शिवम सिमेन्टले प्रभावित क्षेत्रका लागि प्रति कित्ता ३०० रुपैयाँमा शेयर बिक्री गर्न खोज्दा बिक्रि नभए पछि २०० रुपैयाँमा बिक्री गर्नु परेको थियो । कम्पनीले सर्वसाधारणका लागि ४०० रुपैयाँमा बिक्री गर्न खोजे पनि प्रभावित क्षेत्रमै बिक्री हुन नसके पछि सर्वसाधारणका लागि पनि ३०० रुपैयाँमै बिक्री गरेको थियो ।

त्यतिवेला दोस्रो बजार बियरिस ट्रेण्डमा थियो । जसले गर्दा दोस्रो बजारमा कम्पनीको मूल्य खासै बढ्न सकेन । तर बुलिस ट्रेण्डमा बजार अगाडि बढ्दै गर्दा शिवमको बजार मूल्य १७२० रुपैयाँसम्म पुग्यो । यसैलाई आधार मानेर सर्वोत्तमले भने बुलिस ट्रेण्डमै शेयर जारी गरेर अधिकतम मूल्यमा बिक्री गर्ने योजना बनाएको छ । कम्पनीले असल नियतका साथ शेयर बिक्री गर्न खोजेको भए अहिले खासै समस्या हुने थिएन तर नियामक लगातका व्यक्तिलाई देखिने गरिनै प्रभावित पार्न खोजिनुले यस कम्पनीलाई तत्कालका लागि प्राथमिक शेयर निष्काशनमा रोक लगाइनु पर्छ ।

अर्थमन्त्रालयले पनि अध्यक्ष ढुङ्गानालाई स्पष्टिकरण माग गरिसकेको छ । भर्खर सरकार परिवर्तन भएको छ । यसले गर्दा आफ्नो मान्छे बोर्डको अध्यक्ष बनाउने खेलका लागि पनि मन्त्रालयको सक्रियता बढेको हुन सक्छ । तर सरकारले  ढुङ्गाना र साउदको विषयमा निष्पक्ष छानविन गर्नु पर्छ ।  यस्ता कार्यलाई निरुत्साहित गर्न यथार्थ छानविन गरि हदैसम्मको कारबाही गर्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS