Connect IPS
IME Life

आर्थिक वर्ष सकिएको १० महिना भित्रमा साधारणसभा गर्न कम्पनीहरुलाई समितिको निर्देशन, रोडम्याप माग 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको १० महिना भित्रमा लेखापरिक्षण प्रतिवदेन पेश गरी वार्षिक साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ । सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई यसका लागि मार्गचित्र ‘रोडम्याप’ तयार पारी सञ्चालक समितिबाट स्वीकृत गराइ समितिमा पेश गर्न निर्देशन दिएको छ ।

यदि कम्पनीहरुले रोडम्याप तयार नगरी समयमा लेखापरिक्षण नगराएमा वित्तीय विवरण स्वीकृतिमा कडाइ गर्ने जनाएको छ । निर्देशन पत्रमा भनिएको छ ‘अन्यथा वित्तीय विवरण स्वीकृत गर्न कठिनाई हुने छ ।’

Prabhu
Crest

कुनै पनि जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को समेत लेखापरिक्षण तयारी पारी साधारणसभा गर्न सकेका छैनन् । अझ दुई कम्पनीले आर्थिक वर्ष २०७५/७६ कै साधारणसभा गर्न सकेका छैनन् ।

जीवन बीमा कम्पनीहरुले एक्चुरीको समस्या देखाउदै साधारणसभामा ढिलाइ गर्दै आएका छन् । कोभिड १९ भन्दा अगाडि प्रायः जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको ९/१० महिनामा साधारणसभा गर्दै आएकोमा गत वर्षदेखि एक वर्ष वितिसक्दा पनि साधारणसभा गर्ने सुरसार छैन ।

कम्पनीहरुले लेखापरिक्षण तथा साधारणसभामा ढिलाइ गर्न थाले पछि समितिले यस्तो निर्देशन दिएको हो । अव कम्पनीहरुले गत आर्थिक वर्षकै लेखापरिक्षण तथा साधारणसभा सम्पन्न गर्ने मार्गचित्र तयार गरेर समितिमा पेश गर्नु पर्नेछ । उक्त मार्गचित्र संचालक समितिबाट स्वीकृत गराउनु पर्ने भएकाले कम्पनीको उच्च व्यवस्थापन र संचालक समितिनै यस विषयमा जवाफदेही हुने समितिको तर्क छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS