काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयरन मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयरको मुल्य समायोजनपछि शेयरमूल्य १ हजार १९८ रुपैयाँ १८ पैसा कायम भएको छ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य १ हजार ३ सय १८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।