IME Life

जनरल इन्स्योरेन्सको सिइओमा श्रेष्ठ नियुक्त,बीमा क्षेत्रमा ३३ वर्षको अनुभव

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १२ गते मंगलबार बसेको संचालक समितिको बैठकले उक्त पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

बीमा समितिले श्रेष्ठलाई जनरल इन्स्योरेन्सको सिइओ बनाउनका लागि साउन ८ गते नियामकिय स्वीकृति प्रदान गरेको हो । बीमा क्षेत्रमा ३३ वर्षको अनुभव भएका श्रेष्ठले २०४५ साल कात्तिकदेखि राष्ट्रिय बीमा संस्थानबाट जागिर सुरु गरेका थिए ।

Prabhu
Crest

त्रिचन्द्र कलेजबाट विएससी गरेका श्रेष्ठले व्यवस्थापनमा एमबिए गरेका छन् । तीन दशक भन्दा लामो समय बीमा क्षेत्रमा काम गर्दा उच्च व्यवस्थापन र अनुसन्धानमा मात्रै दुई दशक विताएका छन् ।

श्रेष्ठले सर्भेयर भएर पनि लामो समय काम गरे । सगरमाथा इन्स्योरेन्सको स्थापना कालमा काम गरेका श्रेष्ठले एनवि इन्स्योरेन्स कम्पनीमा पनि काम गरे । एनवि सँगै साविक एलाइन्स हालको प्रभु इन्स्योरेन्स कम्पनीमा पनि काम गरेका थिए । उनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको डिसिओ भएर ९ वर्ष काम गरेका श्रेष्ठ गत चैतमा जनरल इन्स्योरेन्स कम्पनीमा आवद्ध भएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS