IME Life

नेप्से परिसुचक ८ अंकले घट्दा १४ अर्ब १३ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३,०५० दशमलव ४३ को विन्दुमा कायम भएको छ । आज ११० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२३ वटा कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज पाँच वटा उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै ङादी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज ३९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको ३३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, कृषि विकास बैंकको ३२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको ३२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो कम्पनी र ग्रिन लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, हिमालयन उर्जा विकासका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ७ दशमलव २२ प्रतिशतका दरले गुमाएका छन् । पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS