IME Life

नेशनल हाइड्रोपावरले यस वर्ष लाभांश दिन नसक्ने, बाढीका कारण असारदेखि विद्युत गृह बन्द  

SPIL
NIC ASIA

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले यस वर्ष लाभांश  दिन नसक्ने भएको छ । कम्पनीले प्राप्त गरेको ४.४ मेगावाट क्षमताको तल्लो इन्द्रावति जलविद्युतको लाइसेन्स अझै पनि प्राप्त नगरेकोले गत आर्थिक वर्षको वित्तीय विवरणमा राइट व्याक गर्न मिल्दैन । कम्पनीले अझै पनि औपचारिक रुपमा लाइसेन्स प्राप्त गरेको छैन ।

विद्युत विभागले एक महिना अगाडि इन्द्रावतीको लाइसेन्स नेशनल हाइड्रोपावरलाई दिने निर्णय गरेको थियो । बोलकबोल मार्फत नेशनल हाइड्रोपावर चयन भए पनि कानुनी प्रकृयाँ पुरा गर्ने क्रममा विधिवत लाइसेन्स प्राप्त गरि राइट व्याक नै गर्न मिल्ने अवस्था नरहेको कम्पनीले जनाएको छ । असारमा लाइसेन्स पाउने निर्णय भए पनि प्रोभिजनिङ राइट व्याक हुन वैधानिक रुपमा लाइसेन्स प्राप्त गर्नु पर्ने हुन्छ ।

Prabhu
Crest

कम्पनीले उक्त जलविद्युत आयोजना निर्माणका लागि धेरै समय अगाडि लगानी फसाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेश अनुसार २०७१ पुस ३० गते उर्जा मन्त्रालयको सचिव स्तरिय निर्णयले इन्द्रावतीको लाइसेन्स खारेज गरेको थियो ।

लाइसेन्स खोसिए सँगै कम्पनीले ६५ करोड भन्दा धेरै रकम प्रोभिजनिङ गर्नु पर्यो । यसले गर्दा कम्पनीको अहिलेसम्म पनि जगेडाकोष ऋणात्मक छ । उक्त प्रोजनिङका कारण कम्पनीले मुनाफाबाट लाभांस वितरण गर्न पाइरहेको छैन । यो लाइसेन्स कम्पनीले प्राप्त गरे सँगै गत आर्थिक वर्षकै वित्तीय विवरणमा प्रोभिजनिङ हट्ने चर्चाले दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो । गत आर्थिक वर्षको वित्तीय विवरणमा प्रोभिजनिङ खुला हुँदा कम्पनीले इतिहासमै पहिलो पटक यस वर्ष लाभांश  दिन सक्ने हल्लाले आधार मूल्यमै शेयर कारोबार भैइरहेको नेशनल हाइड्रोपावरको शेयर मूल्य ३५० रुपैयाँ हाराहारीसम्म पुगिसकेको छ ।

तर लाइसेन्सको कानुनी प्रकृयाँका कारण लगानीकर्ताले अनुमान गरे जस्तो यस वर्षै लाभांस पाउन सक्ने अवस्था छैन । अर्को तर्फ बाढी पहिरोका कारण गत असार पहिलो सातादेखि कम्पनीको पावर हाउस बन्द छ । बाढीले आयोजनालाई क्षति पुर्याएकोले अझै केहि समय कम्पनीले विद्युत उत्पादन गर्न नसक्ने कम्पनीले जनाएको छ । यसले गर्दा कम्पनी गत आर्थिक वर्षमा केहि नोक्सानमा देखिने एक सञ्चालकले जनाए । बाढिले क्षति पुर्याएको भागलाई मर्मत गरेर विद्युत उत्पादनका लागि आवस्यक कार्य भैरहेको उनले जानकारी दिए । समग्र हाइड्रोपावरको सूचक नै पोजेटिभ हुँदा नेशनल हाइड्रोपावरको शेयर मूल्यमा पनि सुधार भैरहेको छ ।

कतिपय ठुला लगानीकर्ताले कम्पनीको शेयर खेल्न खोज्दा लगातार सुधार भैरहेको छ । ठुला लगानीकर्ताले नै नेशनल हाइड्रोपावरलाई राम्रो कम्पनीको रुपमा परिचय गराउदै आएका छन् । जवकी कम्पनीले अहिलेसम्मको इतिहासमा लाभांस दिन सकेको छैन । अर्को तर्फ कम्पनीले यस वर्ष पनि लाभांस दिन सक्ने कुनै आधार छैन । १०/१५ प्रतिशत लाभांशका लागि पनि शेयरधनीहरुले अर्को आर्थिक वर्ष कुर्नु पर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS