IME Life

साउनदेखि कृषि तथा पशु बीमा गर्दा ५० प्रतिशत छुट पाइने, अनुदान घट्दा बीमा शुल्क दोब्बरले बढ्यो   

SPIL
NIC ASIA

काठमाडौं । साउन महिनादेखि  कृषि तथा पशुपन्छी बीमा गर्दा सरकारले कृषकलाई  ५० प्रतिशत अनुदान दिने छ । चालु आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा निवर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृषि तथा पशु बीमा गर्दा सरकारले दिदै आएको अनुदानमा २५ प्रतिशत कटौति गरेका थिए ।

यस भन्दा अगाडि कृषकहरुले कृषि तथा पशु बीमा गर्दा ७५ प्रतिशत अनुदान प्राप्त गर्दै आएका थिए । बीमा समितिले कृषि तथा पशु बीमामा सरकारले दिदै आएको अनुदानलाई निरन्तरता दिन सुझाव दिए पनि सरकारले २५ प्रतिशत कटौती गरि ५० प्रतिशत मात्रै दिने भएको हो । यो नियम साउन एक गतेदेखि मात्रै लागु हुन्छ ।

Prabhu
Crest

यदि एउटा कृषकले आफ्नो एक लाख बराबरको भौसीको बीमा गर्न चाहेमा ५००० हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ । प्रायः कम्पनीहरुले पशु तथा कृषि बीमा गर्दा बीमाङ्क रकमको ५ प्रतिशत प्रिमियम लिने गरेका छन् । यसरी एक लाख रुपैयाँ बराबरको भैसीको बीमा गर्नु परेमा वार्षिक ५ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ । गएका वर्षमा नेपाल सरकारले उक्त ५ हजार रुपैयाँको ७५ प्रतिशत अर्थात तीन हजार ७५० रुपैयाँ अनुदान उपलब्ध गराउने गरेको थियो । सरकारले तीन हजार ७५० रुपैयाँ प्रिमियम भुक्तानी गरिदिए पछि कृषकले जम्मा १२५० रुपैयाँ मात्रै भुक्तानी गरे पुग्थ्यो । यसमा कतिपय कम्पनीहरुले दुर्घटना बीमा भनेर थप एक सय रुपैयाँ प्रिमियम लिने गरेका छन् । पोलिसी खरिद गर्दा २० रुपैयाँको टिकट पनि खरिद गर्नु पर्ने भएकाले १३७० रुपैयाँ तिरे पुग्थ्यो ।

यस वर्षदेखि ५० प्रतिशत मात्रै अनुदान दिदा, सोहि भैसीको बीमा गर्दा सरकारले २५०० रुपैयाँ मात्रै अनुदान बापत भुक्तानी गरिदिनेछ भने बाँकी २५०० कृषक आफैले तिर्नु पर्ने हुन्छ । अव दुर्घटना बीमाको एक सय रुपैयाँ र टिकट सहित २६७० रुपैयाँ तिर्नु पर्छ ।

यसरी कृषि बीमामा पनि यसरी नै बीमा शुल्क गणना गर्न सकिन्छ । सरकारले ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्दा कृषकले भुक्तानी गर्ने प्रिमियम रकम दोब्बरले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS