IME Life

यस साता नेप्सेमा ६ कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । यस साता नेप्सेमा ६ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनश बापतको १५ लाख ८ हजार एक सय ५० दशमलव ३६१८ कित्ता शेयर सूचिकृत भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ प्रतिशत बोनश बापतको एक करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता शेयर सूचिकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश कम्पनीको बीसौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

Prabhu
Crest

त्यस्तै, महालक्ष्मी विकास बैंक लिमिटेडको ८.८० प्रतिशत बोनश बापतको २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता शेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८.८० प्रतिशतले हुन आउने बोनश शेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनश बापतको १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यसैगरी नेपाल राष्ट्र बैंक नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको विभिन्न ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । जसमध्ये, २०८४ “घ“ को १० अर्ब, २०८३ “ग“ को १० अर्ब, २०८४ “ङ“ को १० अर्ब, २०८५ “घ“ को १० अर्ब र २०८५ “ङ“ को १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद बापतको ५२ लाख ४१ हजार एक सय ९७ कित्ता शेयर सूचिकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS