यूनियन लाइफद्धारा २० लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक रुपा श्रेष्ठको परिवारलाई २० लाख ५६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

मृतकले गत पौष महिनामा २० लाख रुपैयाँको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा पोलिसी लिएकी थिइन् । उनको कोरोना महामारीका कारण मृत्यु भएको थियो । सो वापतको रकम कम्पनीले मृतकका परिवार श्याम श्रेष्ठलाई आज हस्तान्तरण गरेको हो ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको नुवाकोट शाखाका एमटिआटि तुला धोजले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार