IME Life
Beema Board

१६ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार हुँदा फाइनान्सको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २,८७१ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज १३७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज लाइफ इन्स्योरेन्स उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२३ वटा कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लााख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बङगलादेश बैंकको शेयर कारोबार भएको छ । बैंकको ४५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया बैंकको १९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको १९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डका इकाइधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ०८ प्रतितका दरले गुमाएका छन् । सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले १ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले १ दशमलव ४३ प्रतितका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS