काठमाडौं । मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले १३ वटा शाखाका लागि शाखा प्रबन्धक माग गरेको जनाएको छ ।
आवेदकले व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बैंकिङ तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले व्यक्तिगत विवरण तथा निवेदनमा कार्य गर्न इच्छुक शाखा र पद उल्लेख गरी विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीमा आवेदन दिने आग्रह गरेको छ ।