Connect IPS
IME Life

बाढी पहिरोका कारण बीमा कम्पनीमा एक अर्ब ९२ करोड रुपैयाँको दाबी माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हालै अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षतिबापत बीमा कम्पनीहरुमा एक अर्ब ९२ करोड तीन लाख ४८ हजार रुपैयाँको दाबी माग भएको छ । बीमा कम्पनीहरुबाट संङ्कलित तथ्याड्ड्क अनुसार अविरल वर्ष शुरु भएदेखि यहि असार २३ गतेसम्म सम्पत्ती बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इञ्जिनियरिङ बीमा र विविध बीमा अन्तर्गत बीमितहरुबाट ३३१ बीमाको दाबी माग भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

सबै निर्जीवन बीमा कम्पनीहरुमा परेका कूल बीमा दाबी माग मध्ये १४१ वटा सम्पत्ती बीमाको बीमा मागदाबी ६९ करोड ३६ लाख, मोटर बीमाको ४ करोड ७५ लाख, पाँचवटा सामुद्रिक बीमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बीमाको एक करोड ६२ लाख, पाँच वटा पशुपन्छी बीमाको २ करोड ३८ लाख र विविध तर्फ दुई वटा बीमाको एक करोड ५५ लाख रुपैयाँको दाबी परेको छ ।

Prabhu
Crest

यसै गरी इन्जिनियरिङ बीमातर्फ हालैको बाढी पहिरोबाट क्षति भएका १०७ वटा निर्माणाधिन आयोजना बीमाको मागदाबी ९० करोड ७ लाख , ८ वटा निर्माण सम्पन्न आयोजना बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वीपमेन्ट बीमाको ८ करोड ८४ लाख र अन्य ६ वटा बीमाको एक करोड ५३ लाख रुपैयाँको बीमा दाबी माग परेको पौडेलले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS