IME Life

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । बैंकले असार २० गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको थियो । उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि आजसम्म भएपनि ऋणपत्रमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधिसम्म नै विक्री गर्न लागेको जनाएको छ ।

बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको यस ऋणपत्रमा निष्काशन गरेको हो । अब उक्त ऋणपत्रमा साउन ३ गतेसम्म आवेदन दिन सकिने छ ।

Prabhu
Crest

बैंकले १ अर्ब ५० करोड बराबारको १५ लाख कित्ता विक्री खुला गरेको हो । प्रतिऋणपत्र १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ ।

बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ डबल बि प्लस प्रदान गरेको छ ।

ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २७ गते स्वीकृति पाएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS