Connect IPS
IME Life

पर्वतमा पेशागत बीमा अभिकर्ता संघ नेपाल गठन

SPIL
NIC ASIA new
Sanima Reliance

पर्वत । अभिकर्ताहरुको साझा संगठन पेशागत बीमा अभिकर्ता संघको पर्वत शाखा गठन भएको छ । ४० वटै बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरुको साझा संगठन पेशागत बीमाा अभिकर्ता संघ नेपाल, पर्बत शाखा गठन भएको हो । अभिकर्ताहरुको भेलाले लाइफ इन्स्योरेन्स कम्पनीका गोबिन्द अधिकारीको अध्यक्षतामा १३ कार्यसमिति गठन गरेकोे छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका रामशरण पोख्रेल निर्वाचन संयोजक, नेपाल लाइफका शंकर गिरि र यूनियन लाइफका माधव पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति र नवनिर्वाचित अध्यक्ष गोबिन्द अधिकारिले समिती गठन गरि काम सुरु गरेको हो ।

Prabhu
Crest

नवनिर्वाचित अध्यक्ष अधिकारीले बीमा कम्पनीमा आवद्ध भएका सबै अभिकर्ताको व्यावसायीक हकहित, सुरक्षा, संरक्षण र प्रवद्र्धनमा कटिबद्ध भएर लाग्ने बताएका छन् ।

जिल्लामा रहेका अभिकर्ताको पेशागत हकहितका लागि समितिको गठन गरिएको निर्वाचन संयोजक तथा सल्लाहकार रामशरण पोख्रेलले बताए । त्यस्तै सल्लाहकार शंकर गिरिले आफ्ना हकहितका लागि सबै अभिकर्ता एकजुट हुनुपर्ने बताए ।

नवगठित समितिको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनिकी देबि कुमारी गुरुङ, सचीवमा नेपाल लाइफका नमराज पुरि, सहसचिवमा आइएमई लाइफका रुद्र प्रसाद शर्मा , कोषाध्यक्षमा नेपाल लाइफका सुशील पौडेल चयन भएका छन ।

त्यस्तै सदस्यहरूमा नेपाल लाइफकी सरस्वती गिरि, दिनेश तिवारी, धरमदेबी गुरुङ, सिटिजन लाइफका ओमकार पौडेल, महालक्ष्मी लाइफकी तारा सुवेदी, गुराँस लाइफका रामु प्रसाद भुसाल, सानिमा लाइफका त्रिलोचन शर्मा र एलआइसी कम्पनिकी सुमित्रा अधिकारी सर्वसम्मत चयन भएका छन ।

कार्यसमितिका सबै पदाधिकारीलाई  आज नै पदस्थापन गराइएको छ भने कार्यसमितिको बैठकले बाँकी २ जना सदस्यलाई पछि थप गर्ने बताएको छ ।

नवगठित समितीको बैठकले ५ सदस्यीय सल्लाहकार समिती समेत मनोनित गरेको छ । जसमा नेपाल लाइफका रामशरण पोख्रेल, शंकर गिरि, युनियन लाइफका माधव पौडेल, नेशनल लाइफका बिश्व बन्धु प्रसाइ, सिद्धार्थ इन्स्योरेन्सका मोहन आचार्य लाई चयन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS