काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बागमति प्रदेश पाटन शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले पाटन शाखामा ब्रान्च म्यानेजरका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
हालसम्म कम्पनीले ९७ वटा शाखा तथा उप शाखा कार्यालयहरु मार्फ बीमा सेवा प्रदान गर्दै आएको छ ।