IME Life

दुई वाणिज्य बैंकले पाए ऋणपत्र निष्काशनको लागि बोर्डबाट अनुमति

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बोर्डबाट अनुमति पाएको हो । बैंकलाई बोर्डले असार १५ गते स्वीकृति दिएको हो ।

बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्ने छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्ष २०८७ सम्मका लागि ऋणपत्र निष्काशन गर्न लागेको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Prabhu
Crest

त्यसैगरी, माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकलाई बोर्डले आज असार १६ गते अनुमति दिएको छ । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

बैंकले निष्काशन गर्न लागेको कुल ऋणपत्रमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्काशन गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS