काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको आजदेखि संस्थापक समुहको शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ । कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक समुहको शेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो ।
उक्त शेयरमा योग्य ईच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य ६ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि असार २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।