IME Life
Beema Board

नेप्सेमा पाँच कम्पनीको शेयर सूचीकृत, कसको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा ५ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । एक कम्पनीको बोनश शेयर, एक कम्पनीको हकप्रद शेयर, २ वटा म्युचुअल फण्ड र एक बैंकको ऋणपत्र सूचिकृत भएको हो ।

एनआईबिएल समृद्धि फण्ड–२ को १५ करोड इकाई सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि NIBSF2 सिम्बोल प्रदान गरिएको छ । अब आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरू हुनेछ ।

Prabhu
Crest

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले वैशाख १३ गते, सोमबारदेखि वैशाख १६ गते, बिहीबारसम्म प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

कामना सेवा विकास बैंक लिमिटेड बैंकको १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ को १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ हजार एक सय ९९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनश बापतको ९ लाख २० हजार २ सय ५० दशमलव ७९ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यसैगरी प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख कित्ता इकाई सोमबार नेप्सेमा सूचीकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि PSF सिम्बोल प्रदान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS