IME Life
Beema Board

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । बैंकको स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५५ हजार ५७० कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ८६ हजार १९५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता संस्थापक शेयर विक्री खुला भएको हो ।

उक्त शेयरमा असार ११ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता ४४४ रुपैयाँ, महुली लघुवित्तको प्रतिकित्ता ७६८ रुपैयाँ, आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४७७ रुपैयाँ र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता ५७५ रुपैयाँ तोकिएको छ ।

ती कम्पनीहरुको शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा महुली लघुवित्त वित्तीय संस्थाको लागि न्यूनतम ५०० कित्ता र अन्य तीन कम्पनीको न्यूनतम १०० कित्तादेखि आवेदन दिन सकिनेछ । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छन्न् ।

चार वटै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS