काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजरियल लेभलका लागि १ जना, अफिसर लेभलका लागि अफिसर र जुनियर अफिसरमा गरी ५ जना र असिस्टेन्ट लेभलका लागि २ जना गरी ८ जना कर्मचारीको माग गरेको छ ।
बैंकले लुम्बिनी प्रदेशका लागि, कर्पोरेट अफिसका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार १६ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।